Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बुवाआमाको नाममा अक्षयकोष स्थापना

२०७९ वैशाख २२
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकाको एक विद्यालयमा बुवाआमाको नाममा 'शैक्षिक उत्थान अक्षयकोष' स्थापना गरिएको छ ।

सिस्ने गाउँपालिका वडा नम्बर ६ मा माइती घर भइ हाल रुकुम पश्चिमको मुसिकोटमा बसोवास गर्दै आउनुभएकी बिजया शर्माले जिल्लाको रुक्मिणी माध्यामिक बिद्यालयमा स्वर्गिय आमाबुवाको नाममा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो।

बिहीबार स्व. बुवा शंकर प्रसाद शर्माको ३३ औ पुण्य तिथीको अवसरमा, आमा तिलसरी शर्माको सम्झना र सम्मानमा छोरी बिजयाले उक्त विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि भन्दै १ लाखको अक्षय कोष स्थापना गर्नुभएको हो ।

शर्माले आज एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापकलाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको छ । हरेक छोरीहरुलाई पढाउनु पर्छ, छोरीहरुलाई पनि सचेत गराउनु पर्छ भन्ने भावना बोकेका बुवाआमाको आत्मसन्तुष्टि का लागि अक्षयकोष स्थापना गरेको अक्षयकोषका संस्थापक शर्माले बताउनुभयो ।

आर्थिक रुपमा कमजोर परिवारका जेहेन्दार विद्यार्थीहरुलाई सिकाईमा प्रोत्साहन गर्न र स्वर्गिय बुवा आमाको नाम वर्षौ सम्म सम्झनामा राख्ने उद्धेश्यका साथ अक्षयकोषको स्थापना गरिएको उहाँको भनाई छ ।

यस्तै अक्षयकोष शुभारम्भ कार्यक्रममा स्व. शंकरका कान्छा छाेरा लिलामणी गौतमले आफ्नो दिदीले गरेको कामप्रति कृतज्ञता ज्ञापन गर्दै यहि वर्ष भित्र उक्त कोषलाई बढाएर ५ लाख सम्म पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर मल्लको अध्यक्षतामा रहेको अक्षयकोष शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै अक्षयकोष का सल्लाहकार चुडामणी गौतमको बिशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय अधिकारी रबिन्द्र बुढाक्षेत्री, शिक्षा समन्वय ईकाई रुकुम पूर्वका प्रमुख तिलक गौतम, अक्षयकोष संस्थापक बिजया शर्मा, सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहाल, शिक्षा युवा तथा खेलकुद शाखाका प्राबिधिक सहायक नरेन्द्र वली, शिक्षक बिद्यार्थी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन शिक्षक घनश्याम दाहालले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्