Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुत्केरी व्यथा लागेकी महिलालाई प्रहरीले बोकेर ज्यान जोगाए

२०७९ वैशाख २३
tribeni2

जाजरकोट / जाजरकोटमा प्रहरीले सुत्केरी व्यथा लागेकी महिलाको ज्यान बचाएका छन् । सुत्केरी व्यथा लागेकी एक महिलालाई प्रहरीले स्टेचरमा बोकेर स्वास्थ्य चौकीमा लिएर ज्यान जोगाएका हुन् ।

जिल्लाको दुर्गम कुशे गाउँपालिका वडा नम्वर ८ औलीजा बस्ने २८ बर्षिया दुर्गा रोकायालाई प्रहरी चौकी पैकबाट खटिएको प्रहरी टोलीले बोकेर स्वास्थ्य चौकी पैक पु¥याएको हो ।

गर्भवती अवस्थामा रहेकी रोकायालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य चौकी लैजान अरु कुनै उपाय नभएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

पैक स्थित प्रहरी चौकीको टोलीले तत्काल स्टेचरको व्यवस्था गरेर स्वास्थ्य चौकी लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । 

रोकायको घर देखि पैक स्वास्थ्य चौकी करिब ३ घण्टाको दुरीमा रहेको छ । अहिले स्वास्थ्य चौकीमा उहाँको छोरा जन्मेको छ भने आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्