Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा काँग्रेसका वडा सभापति सहित तीन घाईते

२०७९ वैशाख २४
tribeni2

रुकुम पश्चिमको चौरजहारीमा शुक्रबार राती नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ । चुनावी गतिबिधिका क्रममा झडप भएको प्रहरीले जनाएको छ । 

चौरजहारी नगरपालिका वडा नम्वर १ घारीगाउँमा भएको झपडका क्रममा माओवादी कार्यकर्ताको आक्रमणमा परेर नेपाली काँग्रेसका वडा सभापति सहित तीन जना घाईते भएका छन् । वडा सभापति यज्ञश बिष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी र काँग्रेस कार्यकर्ता मनबहादुर बिक घाईते हुनुभएको छ ।

घाईते बिष्ट र बिकको टाउकोमा गम्भिर चोट लागेको कारण थप उपचारको लागि नेपालगञ्ज पठाईएको छ । गिरीको भने चौरजहारी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

दर्जनौ माओवादी कार्यकर्ताहरु एक गाउँबाट अर्को गाउँ गएर काँग्रेस कार्यकर्ता माथी आक्रमण गर्दा पनि प्रहरी मुकदर्शक बनेको नेपाली काँग्रेस चौरजहारीको आरोप छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्