Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटको स्यालाखदीमा झडप, प्रहरी सहित सात जना घाईते

स्थानीय मेडिकलमा घाईतेको उपचार, अवस्था सामान्य
२०७९ वैशाख २४
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ खदिमा शुक्रबार राती नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ । झडपको क्रममा प्रहरी सहित सात जना घाईते भएका छन् ।

अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार दुई पक्षका कार्यकर्ताको झडप नियन्त्रणको क्रममा दुई जना प्रहरी घाईते भएका छन् । प्रहरी जवानद्वय बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घाईते भएको प्रहरीले जनाएको छ ।

दोहोरो झडपमा परेर माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाईते भएका छन् । माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षको उम्मेदवार हुनुभएका केशरमान बिक, सोहि गाउँका तुल बहादुर बिक र सन्तोष बिक घाईते हुनुभएको हो । केशरमानको मुखमा, तुलबहादुरको खुट्टामा र सन्तोषको छातीमा चोट लागेको छ ।

त्यसैगरी नेपाली काँग्रेसका दुई जना कार्यकर्ता घाईते भएका छन् । आठबिसकोट ३ का सीता बोहरा र डिल्लीराज बोहरा घाईते हुनुभएको प्रहरीले जनाएको छ । उहाँहरु दुवैलाई सामान्य चोट लागेको बताईएको छ ।

दुवै पक्षका घाईतेहरुको स्थानीय मेडिकलमा उपचार गरिएको र अहिले अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्