Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चुनाव प्रचारमा हिडेको गाडिको छतबाट खसेर सल्यानमा एक जनाको ज्यान गयो

२०७९ वैशाख २४
tribeni2

सल्यान / चुनावी प्रचारमा हिडेको गाडिको छतबाट खसेर सल्यानमा एक जनाको ज्यान गएको छ ।

सल्यानको कालिमाटि गाउँपालिका २ दानीचौरका १८ बर्षिय खुमराज थापा मगरको शनिबार दिउँसो ज्यान गएको हो ।

नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार रहनुभएका भुपेन्द्र घर्ति मगर सहितको टोलीको प्रचारमा हिडेका थापा लु १ ज ४५९९ नम्वरको जीपको छतबाट लड्नुभएको थियो ।

जीपको छतबाट खसेर घाईते भएका थापालाई सोहि गाडिमा राखेर दाङको तुल्सीपुर स्थित राप्ती प्रदेश अस्पतालमा लिईएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिपको छतबाट खसेर टाउकोमा गम्भिर चोट लागेको थियो । प्रहरीका अनुसार गाडि चालक दांगको बबई गाउँपालिका २ का २८ बर्षिय खुमबहादुर छन्तेल फरार रहेको र गाडि इलाका प्रहरी कार्यालय दाङको नियन्त्रणमा रहेको बताईएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्