Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रिका, रेडियो र अनलाईन समाचार बीचमा 'ग्याप' बढेको छ : अध्यक्ष केसी

'मूलपाटीबाट अरुले सिक्नुपर्छ'
२०७९ वैशाख २४
tribeni2

रुकुम पश्चिम / नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले पछिल्लो पटक पत्रिका, रेडियो र अनलाईन समाचार बीचमा ग्याप बढेको बताउँनुभएको छ । देशभर न्यु मिडियाको क्षेत्रमा संख्यात्मक बृद्धि भएसँगै पत्रिका र रेडियोसँग तालमेलमा अन्तर रहेको उहाँले उल्लेख गर्नुभयो ।

शनिबार मूलपाटी डटकमसँगकाे छलफल कार्यक्रममा अध्यक्ष केसीले मिडियाहरु बीचको ग्यापकाे असर जिल्लामा समेत देखिएको जनाउँनुभयो । उहाँले सूचनाको सवालमा अनलाईन मिडिया अग्रपंत्तिमा आएको समेत बताउँनुभयो ।

'ताजा समाचार दिने क्रममा अनलाइनहरुले विश्वसनियता गुमाउनुहुँदैन', अध्यक्ष केसीले भन्नुभयो, 'राजनीतिक आस्था झल्किने गरेर आउने कतिपय अनलाईन समाचारहरुको कारण विश्वसनियता जोगाउँन अप्ठ्यारो हुने गरेको छ ।'

रुकुम पश्चिमबाट सञ्चालन भएको मूलपाटी डटकमको टिम स्प्रिट र समाचारको निश्पक्षताबाट अरुले समेत सिक्नुपर्ने उहाँको भनाई छ । उहाँले पछिल्लो समय मिडिया मार्केटिङको अभावका कारण समाचार सस्थाहरु टिक्न गाह्रो भैरहेको बताउँनुभयो ।

पत्रकार महासंघले मूलपाटी अनलाईनसँगको सहकार्यमा अनलाईन पत्रकारिता र मिडिया मार्केटिङको बिषयमा तालिम तथा छलफल संचालन गर्न तयार रहेकोले पछिल्लो समय 'न्यु' मिडियामा अन्य चुनौतिहरु पनि रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्