Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा मदिरा सेवन तथा बेचबिखनमा रोक

२०७९ वैशाख २५
tribeni2

रुकुम पूर्व / बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै रुकुम पुर्वमा मदिरा सेवन तथा किनबेचमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन रुकुम पुर्वको यहि बैशाख २३ गते बसेको बैठक वैशाख २५ गते आइतबारदेखि मत गणनाको परिणाम घोषणा नभएसम्म लागि जिल्लाभर मदिरा सेवन तथा किनबेचमा निषेध गरिएको निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काद्दारा हस्ताक्षरित सूचना मा उक्ता समयावधिमा मदिरा सेवन तथा बिक्रीवितरण नगरिदिनुहुन सम्पुर्ण जिल्लाबासिलाई आग्रह गरिएको छ ।

सुचनाको बर्खिलाप गरि कोहि कसैले यस्तो कार्य गरे गराएमा कानुन बमोजिम कार्बाही गरिने समेत सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्