Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मतदानको दिन यातायातका साधनहरु बन्द

२०७९ वैशाख २५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन सवारी आवागमन बन्द हुने भएका छन ।

स्थानीय तहको निर्वाचनलाई स्वच्छ र शान्त रुपमा बनाउनकै लागी मतदानको दिन सवारी आवागमन बन्द गर्ने भएको निर्णय जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आइतवार एक सुचना जारी गर्दै वैशाख २९ गते राती १२ बजे देखि ३० गते मतदान सम्पन्न नहुँदा सम्म एम्बुलेन्स, दमकल, दुर सन्चार सेवा, अस्पताल सेवा, विद्युत सेवा, सवारी पास लिएका यातायातका साधन र सुरक्षा निकायका सवारी साधन जस्ता अति आवश्यक बाहेका सवै यातायातका साधनहरु बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्