Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबीसकोट र चौरजहारीका मतदान केन्द्रमा कर्मचारी खटाइयो

सोमबारसम्ममा सवै मतदान केन्द्रहरुमा कर्मचारी पठाइसक्ने,
२०७९ वैशाख २५
tribeni2

रुकुम पश्चिम / वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिमको केहि मतदान केन्द्रहरुमा कर्मचारीहरु खटाइएको छ । आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका ६ वटै स्थानीय तहमा रहेका मतदान केन्द्रहरुमा मध्य केहि मतदान केन्द्रमा कर्मचारी खटाएको हो ।

आज सदरमुकामबाट टाढाको दुरिमा पर्ने आठबीसकोट नगरपालिका र चौरजहारी नगरपालिकामा खटिने कर्मचारीहरुलाई नियुक्ति पत्र दिएर मतदान केन्द्रहरुमा खटाईएको छ मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

साथै सोमबारसम्ममा सबै कर्मचारीलाई नियुक्ति पत्र बाँढिसक्ने र जिल्लाको सवै मतदान केन्द्रमा कर्मचारी पठाइसक्ने बताउनुभयो ।

उहाँका अनुसार जिल्ला भरमा ६ सय ९४ जना कर्मचारी खटिदै छन् । १ सय ३९ जना मतदान अधिकृत, १ सय ३९ जना सहायक मतदान अधिकृत, १ सय ३९ जना कार्यालय सहयोगी र २ सय ७७ जना सहायक कर्मचारी गरी जिल्ला भरमा कुल ६ सय ९४ जना कर्मचारी खटिन लागेको सहायक निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

मुसीकोट नगरपालिकामा २९, आठबीसकोट नगरपालिकामा २७, चौरजहारी नगरपालिकामा २६, सानीभेरी गाउँपालिकामा १९, त्रिवेणी गाउँपालिकामा २० र बाँफिकोट गाउँपालिकामा १८ वटा मतदान केन्द्रहरु गरेर ७३ वटा वडा रहेको रुकुम पश्चिममा ७६ मतदान स्थल र १ सय ३९ वटा मतदान केन्द्रहरु कायम गरिएको छ 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्