Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बजार भाउ नपाउँदा बारीको अम्लिसा घाँसमा मात्रै सिमित

२०७९बैशाख २६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका बिभिन्न ठाउँमा बारीको रुपमा लगाईएको अम्लिसाले बजार भाउ नपाउँदा घाँसमा मात्रै सिमित हुन पुगेको छ। बाँस ,निगाला तथा अम्लिसा सानीभेरी ,चौरजहारी ,त्रिवेणी लगाएत जिल्लाका सबै ठाउँमा प्राप्त रुपमा पाउने गरेको छ ।

खेतको डिललाई पहिरोबाट जोगाउन तथा लेन्टरको सेटिङ गर्न ,डोका डाला बुन्नमा प्रयोग हुने बाँस निगाला जस्ता बस्तुहरु पुर्खोली पेसा लोभ भएसँगै प्रयोगमा नआएको चौरजहारी नगरपालिका १४ का बिरबहादुर ओलीले गुनासो गर्नुहुन्छ ।

अम्लिसाको कुचोको रुपमा पनि प्रयोग गरिन्छ तर आफ्नै खेतको डिलमा प्रशस्त रुपमा रहेको अम्लिसा बाँस र निगालाले उचित बजार नपाउँदा गाई भैसीलाई घाँस दिन बाध्य भएको सानीभेरी गाउँपालिका १० का धनविर खड्का बताउनुहुन्छ ।

स्थानीय रुपमा उत्पादन हुने कृषकको उत्पादन नत बजारसम्म पुय्राउन सकिन्छ नत बजार मुल्य नै पाउँछ । त्यसैले पेसागत रुपमा काम गरेर आर्थिक आम्दानी गर्न सके कृषकको जीवन स्तर माथि उठ्न सक्ने अनुमान गर्न सकिन्छ ।

स्थानीय सरकारले बाँस,निगाला र अम्लिसा खेती गर्ने किसानको उत्पादनलाई उचित प्राथमिकतामा राखि निर्माण गरिएका सामाग्रीहरुको बिक्री वितरणमा सहजीकरण गर्दिए आफुले गर्ने खेति किसानलाई राहत पुग्ने किसानहरु बताउदै आएका छन ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्