Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
एसइइ

यी भाग्यमानी छात्रा, घरबाटै एसईई दिने नेपालकै पहिलो बिद्यार्थी बनिन् करिस्मा

tribeni2

ढाडभन्दा तलको भाग चल्दैन्, ह्वीलचियरबिना उनी यताउती गर्न पनि सक्दिनन् । निंङगलाशैनी मावी देहीमाण्डौ बैतडीकी करिस्मा बोहोरालाई कक्षा १० मा पुगेदेखी नै एउटै चिन्ता थियो, पढ्न त जसो तसो पढौँला, तर एसईई दिन केन्द्रसम्म कसरी जाउँला ?

आईतबारबाट परिक्षा सुरु भयो । भाग्यमानी करिस्मा, उनले आफुसंगै घस्रीने ह्वीलचियरमा घरकै आँगनमा बसेर परिक्षा दिन पाईन् ।
उनी यसरी घरबाटै एसईई दिने नेपालकै पहिलो बिद्यार्थी हुन् । नेपालमा यसैपनि अपांगमैत्री भवन सडक र सार्वजनीक स्थल छैनन् ।

करिस्माको केन्द्र परेको थियो, दशरथचन्द नगरपालिका १ मणीलेक मावी गुरुखोला । त्यहाँसम्म जान उनको अवस्थाले नमिल्ने भएपछी बिद्यालयले शिक्षा विकास तथा समन्वय इकाइसंग समन्वय गरेर सहज परिक्षाको वातावरण मिलाएको हो ।

“करीश्मा परीक्षा दिन परीक्षा केन्द्रसम्म जान नसक्ने भएकोले घरबाटै करीश्मालाई परीक्षा दिने व्यवस्था मिलार्ईएको हो ।” शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।


“नेपालमै एसइई घरवाटै दिएको पहिलोपटक बैतडीमा हो ” उनले भने “एसएलसी सुरु भएको १९९० देखि नै पहिलो विद्यार्थी करीश्मा बनेकी छन्” । परीक्षाको लागी एक जना निरीक्षक र एक जना सुरक्षाकर्मीको व्यवस्था पनि घरमै गरीएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  २०:०३
प्रतिक्रिया दिनुहोस्