Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दलहरुलाई मत माग्ने चटारो कृषकहरुलाई खेतीपातीको

२०७९ वैशाख २६
tribeni2

रुकुम पश्चिम / बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकै आइरहेका वेला सवै राजनीतिक दलहरु मत माग्नमा व्यस्त छन । यतिबेला उम्मेदवारहरु मतदाताहरुको घरघरमा गएर नै मत मागीरहेका छन ।

तर यहि समयमा पानी परेसँगै कृषकहरु भने खेतिपाती लगाउनमै व्यस्त भएका छन । वैशाखको महिनामा परेको मनसुन वर्षाले कृषकहरुलाई हर्षित तुल्याइदिएको छ । समयमै पानी परेकाले यसपाली लगाएको बाली सप्रिने भन्दै कृषकहरु धमाधम मकै लगाइरहेका छन, धानको बिउँ राखिरहेका छन ।

उम्मेदवारहरुले कसरी भोट आफ्नो पक्षमा ल्याउने र जित्ने भनेर विभिन्न रणनीतिहरु अपनाइरहेका बेला कृषकहरुलाई न चुनावको पिर छ नत भोटको, छत केवल कसरी बाली लगाउने भन्ने कौशुहलता ।

वर्षभरी खाने अन्नबाली लगाउने समय भएकोले कुषकले मौसमको समयमा खेतिपाति नगरे भोली के खाने त्यसैले यति बेला निर्वाचनलाई भन्दा बढी महत्त्व आफ्नै खेतिपातीलाई दिइएको चौरजहारी नगरपालिका १४ का गणेशकुमार ओली बताउनुहुन्छ ।

निर्वाचनमा जिताएर पठाएको नेताले कहिल्यै किसानका पिरहरु बुझ्दैन बरु आफै ठाउँमा पुगेर रजाइँ गर्छ त्यसैले हामी त पहिले खेति नै लगाउछौँ सानीभेरी गाउँपालिका १० का सुनिल वि.क भन्नुहुन्छ ।

यता सानीभेरी गाउँपालिका १० का वडा अध्यक्षका उम्मेदवार टिकाराम खड्का भने बिहान खेतीपातीको काम गर्ने दिउँसो बेलुका साँझ घरदैलो गरेर भए पनि निर्वाचन सम्पन्न गर्न मतदाताहरुलाई अपिल गर्नु हुन्छ ।
समयमै पानी परेकोले कृषक खेती गर्न लागे पनि ३० गते भने घरको काम छाडेर मतदाता मतदान केन्द्रमा पुगेरै मतदान गर्ने उहाँको बुझाइ रहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्