Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा एक महिलाको शव भेटियो

२०७९ बैशाख २६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्व मा एक महिलाको शव फेला परेको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ मा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

शव सोही वडाको उपल्लो सेरास्थित ३९ वर्षिया जुनमाया बुढाको रहेको प्रहरी निरीक्षक एवम् सुचना अधिकारी कृष्ण खत्रीले जानकारी दिनुभयो । आजैमात्र उपल्लो सेरास्थित जंगलमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवलाई घटनास्थलबाट पोष्टमार्टमको लागि रुकुम पूर्व अस्पतालमा ल्याइरहेको समेत सुचना अधिकारी खत्रीले बताउनुभयो । घटनाको बिस्तृत बिवरण आइनसकेको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र घटनाको बारेमा खुल्ने उहाँको भनाई छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्