Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटमा माओवादीको आक्रमणबाट चार काँग्रेस कार्यकर्ता घाईते

२०७९ वैशाख २७
tribeni2

रुकुम पश्चिम / नेकपा माआवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा परेर नेपाली काँग्रेसका वडा सभापति सहित चार जना कार्यकर्ता घाईते भएका छन् ।

जिल्लाको बाँफिकोट गाउँपालिका ३ दहस्थित घरमा सोमबार राति आक्रमण हुँदा काँग्रेस वडा सभापति सूर्यप्रकाश मल्ल, वडा सदस्य मित्रलाल ओली, राजेश केसी, हुपजंग बोहरा घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले आक्रमण भएको खबर आएपछि प्रहरी परिचालन गरिएको बताउँनुभयो । घाइतेहरुको टाउको, घाँटिमा चोट लागेको छ । अहिले अवस्था सामान्य रहेको समेत उहाँले जानकारी दिनुभयो ।

सोमबार राती घरमा बसीरहेका कार्यकर्तामाथी माओवादीका कार्यकर्ताको आक्रमण गरेर घाईते बनाएको नेपाली काँग्रेसका जिल्ला उपसभापति हर्कसिं खत्रीले बताउनुभयो । उहाँका अनुसार नजिकै प्रहरी कार्यालय हुँदा पनि प्रहरी मुकदर्शक बनेको छ ।

जिल्लामा दिनहुँ कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुन थालेपछि कांग्रेस र माओवादीका जिल्ला नेताले एक सयुंक्त अपिल जारी गरी त्यस्तो नगर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्