Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

२०७९ वैशाख २७
tribeni2

रोल्पा / नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्।

सोमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका–५ बस्नेयौटामा माओवादी केन्द्र निकट वाइसीएलका कार्यकर्ताले खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षीय मनबहादुर बुढा र २० वर्षीय कमल बुढा घाइते भएका थिए। मनबहादुरको स्वास्थ्य अवस्था गम्भिर भएपछि थप उपचारका लागि दाङ अस्पताल हुँदै अहिले नेपालगञ्ज लगिएको छ।

प्रहरीले घटनाको पुष्टि गरेको छ। रोल्पा प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरे राति नै घटनास्थल पुगेका छन्। ‘आक्रमण गर्नेका पहिचान खुलेको छ। प्रहरी टोली परिचालन गरेका छौं।’ डिएसपी घिमिरेले भन्नुभयो , ‘घाईतेको अवस्था गम्भिर भएकाले दाङ हुदै नेपालगञ्ज लगिएको छ। अस्पताल पुर्याएपछि बिरामीको अवस्थाका बारेमा थप जानकारी आउनेछ।’

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार घटनास्थलको अवस्था अहिले सामान्य छ। ‘हिजो रातिदेखि नै थप प्रहरी परिचालन गरिएको छ। राति नै डिएसपीसहितको टोली पठाएको छु।’ प्रमुख जिल्ला अधिकारी सापकोटाले भन्नुभयो , ‘प्रहरीको ट्रयाकिङमा खुकुरी हान्ने व्यक्ति अर्को जिल्लामा देखिएको छ। अन्य जिल्लासंग पनि पक्राउ गर्नका लागि समन्वय भईरहेको छ।’

 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्