Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डोटीका शिक्षा समन्वय ईकाई प्रमुखलाई काँग्रेस कार्यकर्ताले दले कालोमोसो

tribeni2
नेपाली काँग्रेस निकट बिद्यार्थी संगठन नेविसंघका कार्यकर्ताले डोटीका शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख अनन्त कुमार पौड्याललाई कालोमोसो दलेका छन् । 
 
आईतबारदेखी सुरु भएको एसईईको अनुगमन गरेर कार्यकक्षमा फर्केका पौड्याललाई १०, १२  जनाको समुहमा पुगेका काँग्रेस कार्यकर्ताले कालोमोसो दलेका हुन् । 
 
कालोमोसो दले लगत्तै नेपाल बिद्यार्थी संघका कार्यकर्ताहरुले प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख पौड्यालले अनियमिता गरेको बताएका छन् ।
 
बिद्यालयका भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजना बाड्दा पौड्यालले १० प्रतिशत कमिसन खाएर मात्रै बाँडने गरेको, बिद्यालयको अधिकार क्षेत्र मिचेर करार शिक्षकहरु नियुक्त गर्ने गरेको, करार शिक्षक नियुक्त गर्दा कमिसन खाई प्रश्नपत्र समेत आउट गर्ने गरेको प्रेस बिज्ञप्तीमा आरोप लगाईएको छ ।
 
यस्तै अस्थायी, करार शिक्षकहरुको म्याद थप गर्दा उठेको राजश्व अनियमित खर्च गर्ने गरेको, वढुवा हुने शिक्षक संख्या लुकाएको र बिद्यालय शिक्षा परीक्षाका लागि केन्द्राध्यक्ष छनौट गर्दा योग्यता क्षमताको आधारमा नगरी राजनीतिक कोटाका आधारमा छनौट गरेको आरोप बिज्ञप्तीमा लगाईएको छ ।
 
नेबिसंघ पूर्व आमन्त्रित केन्द्रीय सदस्य बिजयराज ओझा लगायतका कार्यकर्ताहरुद्वारा हस्ताक्षरित उक्त बिज्ञप्तीमा पौड्यालले कमिसनको रकम जम्मा गर्नका लागि चन्द्रामाया कोईराला र अरुण पौड्यालको बैङ्क खाता नं. बिद्यालयका प्रधानाध्यापकहरुलाई बितरण गर्ने गरेको आरोप लगाईएको छ ।
 
उक्त आरोप पुष्टी गर्न बिज्ञप्तीसंगै पौड्यालले आफ्नो मोबाईलबाट पठाएको म्यासेज समेत टाँस गरिएको छ । यस्तै बिदाको दिनमा सरकारी गाडीको दुरुपयोग गर्ने गरेको र शिक्षा क्षेत्रमा समस्याको समाधान भन्दा पनि राजनीतिक पूर्वाग्रही भएर काम गर्ने गरेको बिज्ञप्तीमार्फत आरोप लगाईएको छ । 
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्