Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हत्या आरोपी तीन माओवादी कार्यकर्तालाई दश दिन थुनामा राख्न म्याद थप

२०७९ वैशाख २८
tribeni2

रुकुम पूर्व / एक महिलाको अपरण गरेर हत्या गरेको आरोपमा पक्राउ परेका तीन माओवादी कार्यकर्तालाई १० दिन सम्म थुनामा राखेर अनुसन्धान गर्न रुकुमकोट अदालतले म्याद थप गरेको छ ।

पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष उम्मेदवार कुमार सिंह बुढालाई अनुसन्धानको लागि दश दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

वैशाख १९ गते पुथा उत्तरगंगा गाउँपालिका १० तकसेरामा निर्वाचन प्रचार प्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षकी दुँठी बुढा भन्ने जुनमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। उहाँहरु बिरुद्ध २० गते किटानी जाहेरी परेको थियो ।

अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरादेखि करिब चार किलोमिटर माथि जंगलमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । महिलाको कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको रुकुम प्रहरीले जनाएको छ।

मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लिएर पोष्टमार्टमका गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्