Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उत्साहका साथ रुकुम पूर्वमा मतदान सुरु

बिहानै देखि मतदाताहरु लाईनमा
२०७९ वैशाख ३०
tribeni2

रुकुम पुर्वमा उत्साहका साथ मतदान सुरु भएको छ । जिल्लाका अधिका‌स मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

मतदानका लागि बिहानै लागि मतदाताहरु आफ्नो मतदान केन्द्रमा गएर लाईनमा बसेका छन् । धेरैजसो मतदान केन्द्रहरुमा मतदान सुरु हुने समय ७ बजेभन्दा अगाडी नै मतदाताहरु पुगेका थिए । मतदातासङ्गै उम्मेदवारहरु पनि आ आफ्नो मतदान केन्द्रमा पुगेका छन ।

जिल्लाबाट निर्वाचित संघ तथा प्रदेश सरकारका प्रतिनिधिहरुले पनि आ आफ्नो मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

रुकुम पुर्वबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व खेलकुद मन्त्री कमला रोकाले सिस्ने गाउँपालिका २ मा रहेको हिमालय मावि नायगाडबाट मतदान गर्नुभएको छ । पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले पनि सिस्ने गाउँपालिका २ मा रहेको नवज्योती प्राथमिक बिद्यालय खरिबोटबाट मतदान गर्नुभएको छ ।

यस्तै लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्तीले भुमे गाउँपालिका ९ नम्बर वडामा रहेको नेपाल राष्ट्रिय मा बि गैरीगाउँमा पहिलो मतदाताको रुपमा मतदान गर्नुभएको छ । त्यसैगरी प्रदेश सभा सदस्य तेजबहादुर ओलि र जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर वलिले भुमे गाउँपालिकाको ६ नम्बर वडामा रहेको जनजागृती मा बि महतमा केन्द्रबाट मतदान गर्नुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्