Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व : पेल्मामा मतदान सुरु हुन सकेन

सहमति गराएर मतदान सुरु गर्ने प्रयास जारी
२०७९ वैशाख ३०
tribeni2

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अझै मतदान सुरु हुन सकेको छैन् ।

जिल्लाको अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान सुरु भएपनि पुथाउत्तरगंगा गाउँपालिका २ नम्बर वडाको प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रबाट भने अझै मतदान सुुरु हुन नसकेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पेल्मामा २९ गते बिहिबार साँझ नेकपा मोओवादी केन्द्र र नेपाली कांग्रेस बिचमा झडप भएको थियो । झडपपछि नेपाली कांग्रेसले आफ्नो कार्यकर्तालाई चोट लागेको भनेर हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्नुपर्ने माग राख्दै आएको थियो । तर कांग्रेस कार्यकर्ता सामान्य मात्र घाइते भएकाले हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था नरेको प्रजिअ खड्काले बताउँनुभयो ।

कांग्रेसले चुनावमा भाग नलिने समेत बताएको प्रजिअ खड्काले बताउनुभयो । अहिले त्यहाँ रहेको सुुरक्षा लगाएतको समुहले दुवै पक्षलाई सहमतिमा ल्याएर मतदान सुरु गर्ने तयारी गरिरहेको प्रजिअ खड्काको भनाई छ । फोनले पनि काम नगर्ने त्यस ठाउँमा के भइरहेको छ भनेर तत्काल जानकारी लिन असहज भएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्