Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकोटमा किरियापुत्रीद्वारा मतदान

पेल्मामा मतदान सुरु
२०७९ वैशाख ३०
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा किरियापुत्रीले मतदान गर्नुभएको छ ।

स्थानीय तह निर्वाचनको मतदानको दिन जिल्लाको सिस्ने गाउँपालिका ५ टाकुराका एकाघरका चार जना किरियापुत्रीले मतदान गर्नुभएको हो । गीता शाह, मोहन शाह, सरिता शाह र डम्मरी कुमारी शाहले मतदान गर्नुभएको हो ।

उहाँहरु दुवै जनाले सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

यसैबीच रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ मा दिउँसो मतदान सुरु भएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी कार्यकर्ता बीचको विवादको कारण सुरु हुन नसकेको मतदान दिउँसो सहमती पश्चात सुरु भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताउँनुभयो ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्