Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गाउँपालिका अध्यक्ष पदका उम्मेदवारको गाडिको ठक्करबाट एक जनाको ज्यान गयो

२०७९ वैशाख ३०
tribeni2

रुकुम पश्चिम / गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडिको ठक्करबाट घाईते भएका एक बृद्धको ज्यान गएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका ७ का अन्दाजी ६२ बर्षका पर्जे खत्रीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बाँफिकोट ७ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढारवाङमा नेपाली काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका जनककुमार बाँठाले निर्वाचनको लागि अनुमति लिएको गाडिले ठक्कर दिएको हो ।

मतदानको दिन सबै मतदान केन्द्रमा पुग्ने क्रममा बाँठा त्यहाँ पुगेको बेला हाेहल्ला भएकाे र गाडि फर्काउने क्रममा खत्रीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

गाडिको ठक्करबाट घाईते भएका खत्रीलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको र उपचारको क्रममा ज्यान गएको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संयोजक बिमला केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्