Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा महेन्द्र र सानीभेरीमा बिर्खबहादुरको अग्रता

२०७९ वैशाख ३१
tribeni2

रुकुम पश्चिम / शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन पश्चात जिल्लाका केहि पालिकाहरुमा मतगणना सुरु गरिएको छ ।

दुबै पालिकाको वडा नम्वर १ बाट मत गणना सुरु गरिएको छ ।

प्राप्त जानकारी अनुसार मुसिकोट नगरपालिकाको मत गणनाको सुरुवातीमा नेपाली काँग्रेस नेकपा एमाले गठबन्धनको टिमले अग्रता लिएको छ भने सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिईरहेको छ ।

मुसिकोटमा नेपाली काँग्रेसका महेन्द्र केसीले लिड गरिरहनुभएको छ भने सानीभेरीमा विर्खबहादुर विष्टले लिड गरिरहनुभएको छ ।

जिल्लाका अन्य पालिकाहरुमा बिहानै देखि मत गणनाको तयारी गरिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्