Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको सुरुवाती मत परिणाम : माओवादीकै पोल्टामा जित

२०७९ वैशाख ३१
tribeni2

रुकुम पश्चिममा पहिलो मतपरिणाम नेकपा माओवादी केन्द्रको पोल्टामा परेको छ । जिल्लाको सानीभरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

आज बिहान सम्पन्न मतगणना अनुसार वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी हुनुभएको छ । उहाँले ५ सय ६१ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्दि नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गर्नुभएको छ । सदस्यमा कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार विजयी हुनुभएको छ ।

गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर बिष्टले ५ सय ४७ मत सहित अग्रता कायम गर्नुभएको छ । उहाँका प्रतिद्धन्दि कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ । उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउदा कांग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याउनुभएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्