Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरी गाउँपालिका : ३ वडामा माओवादी र २ वडामा काँग्रेस विजयी

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा फराकिलो मतान्तर
tribeni2

रुकुम पश्चिम / वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मत गणना सम्पन्न भएका पाँच वटा वडा मध्य तीन वटामा नेकपा माओवादी केन्द्र र दुई वटा वडामा नेपाली काँग्रेसको टिमले विजय हाँसिल गरेको छ ।

१ नम्वरमा टेकबहादुरको टिम विजयी

सानीभेरी गाउँपालिका वडा नम्बर १ नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँले ५ सय ६१ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा महिला सदस्य विमला बि. क. रोकाले ४६६, दलित महिला सदस्य तुलसा सुनारले ५३३, खुल्ला वडा सदस्यहरु कालो पुन र मंगले कामीले क्रमश ५३३ र ४९२ मात प्राप्त गर्नुभएको छ ।

२ नम्वरमा पनि माओवादी प्यानल नै विजयी

सानीभेरी गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर पुन विजयी भएका हुनुभएको छ । उहाँले ४ सय ८४ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका दिनेश विकले २ सय २१ मत प्राप्त गर्नु भएको छ ।

३ नम्वरमा जगदिशको टिम विजयी

सानीभरी गाउँपालिकाको वडा नम्बर ३ मा पनि नेकपा (माओवादी केन्द्र)को प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगदिश नकाल ९ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद ओलीले ६ सय ३८ मत प्राप्त गर्नु भएको छ ।

४ नम्वरमा काँग्रेसको जित

सानीभेरी गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका मनोज कुमार बुढाथोकीले ६ सय ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी माओवादी केन्द्रका खडक बहादुर चन्दले ३ सय ७८ मत प्राप्त गर्नुभएको छ । वडा महिला सदस्यमा नेपाली काँग्रेसकी गंगा चन्द ६ सय ७६ मत प्राप्त गरी बिजय हुँदा माओबादी केन्द्रकी कलधरी खत्रीले ३ सय ९५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दलित महिला तर्फ नेपाली काँग्रेसकी लक्ष्मी रसाइँलीले ६ सय ७४ मत प्राप्त गरेर बिजय हात पार्दा माओवादी केन्द्रकी चन्द्रकली कामीले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै खुल्ला सदस्य तर्फ नेपाली काँग्रेसका भद्र बुढाले ६ सय ५१ मत र बिमल प्रकाश बुढाथोकीले ६ सय ८९ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका खले बुढाले ३ सय ९९ र मदनदाश बिकले ३ सय ५४ मत प्राप्त गर्नुभएको छ ।

५ नम्वरमा काँग्रेसकै नेतृत्व

सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेसको विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका अल बहादुर खत्रीले ४ सय ६२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी माओवादी केन्द्रका तिर्थ बहादुर खत्रीले ४ सय ३४ मत प्राप्त गरी पराजित हुनु भएको छ ।

वडा महिला सदस्यमा नेपाली काँग्रेसकी गिता बाँठा ४ सय ४९ मत प्राप्त गरी बिजय हुँदा माओवादी केन्द्रकी कमला बस्नेतले ४ सय ३९ मत प्राप्त गर्नुभएको छ भने दलित महिला तर्फ नेपाली काँग्रेसकी कमला चदाराले ४ सय ६४ मत प्राप्त गरेर बिजय हात पार्दा उहाँकी प्रतिद्वन्दी माओवादी केन्द्रकी रिता कामीले ४ सय ३८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरि खुल्ला सदस्य तर्फ गठबन्धनबाट नेपाली काँग्रेसका दलजित बस्नेतले ४ सय ३७ मत र नैने कुसारीले ४ सय ४५ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका डिलाराम कुसारीले ४ सय ३३ र पर्शुराम खत्रीले ४ सय २१ मत प्राप्त गर्नुभएको छ ।

अध्यक्ष र उपाध्यक्षमा फराकिलो मतान्तर

सानीभेरी गाउँपालिकाका पाँच वडा वडाको मत गणना सकिदासम्म गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवारले फराकिलो मतान्तर बनाएका छन् ।
अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर बिष्टले दुई हजार आठ सय १२ मत सहित अग्रता कायम गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी कांग्रेस–एमाले गठबन्धनबाट काँग्रेसका गोरखप्रसाद चन्दले दुई हजार एक सय ३२ मत ल्याउनु भएको छ । त्यस्तै छाता चिन्हका उम्मेदवार मिम कुमार ओलीले ३८ मत ल्याउनुभएको छ भने हलो चिन्हका उमेदवार टंकप्रकाश घर्तीले २७ मत ल्याउनुभएको छ ।
उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोकाले २ हजार ८ सय १४ मत ल्याउँदा काँग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ हजार ५ सय ३५ मत ल्याउनु भएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्