Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भरतपुरमा युवाहरुलाई उत्प्रेरणा तालिम सम्पन्न

गैडाकोट, १० चैत्र
tribeni2

हेल्प फर हेप्पिनेसको आयोजनामा भरतपुरको क्यान्सर हलमा मोटिभेसनल सेमिनार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख वक्ता रोहित् मल्लले सहभागीहरुलाई उत्प्रेरित गराएका थिए  ।

युवाहरुलाई लक्षित गरि आयोजना गरिएको सो कार्यक्रममा उल्लेख्य सहभागीहरुको उपस्थिती रहेको सदस्य निरज तिवारीले जानकारी दिए ।

संस्थापक नविन तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा एलवि क्षेत्री थिए । कार्यक्रममा राष्ट्रिय नृत्यहरु प्रस्तुत गरिनुका साथै ७ बर्षीय वालिका आयुसी पौडेलले आखा वन्द गरेर विभिन्न रंगहरुको पहिचान गर्ने अद्भुत कलाले थप मनोरन्जन प्रदान गरेको थियो ।

कार्यक्रममा हेल्प फर ह्याप्पिनेसको गित पनि सार्वजनिक गरिएको सुजल गिरीले जानकारी दिए । घनश्याम सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रम सविता अधिकारीले संचालन गरेकी थिईन ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  २२:०३
प्रतिक्रिया दिनुहोस्