Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीको १, २ र ३ वडामा माओवादी विजयी

tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १, २ र ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार तीन ओटै वडामा माओवादी केन्द्रको टिम विजयी भएको छ ।

वडा नम्वर १ को वडाध्यक्षमा इन्द्रे गिरी विजय हुनु भएको छ । गिरीले ६ सय ८६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका यदु कुमार आचार्यको पक्षमा ६ सय ६४ मत आएको छ ।

वडाका अरु ४ सदस्यमा पनि माओवादीकै उम्मेदवार विजेता बनेका छन् । वडा सदस्यहरुमा गणेश लामिछाने, दौलत विष्ट, चन्द्रकला सुनार र सिता विष्ट विजयी हुनुभएको छ ।

त्यसैगरी वडा नम्वर २ मा पनि नेकपा माओवादी केन्द्रकै नेतृत्वमा जित भएको छ । वडा अध्यक्षमा बिरबहादुर रानाले ३३८ मत ल्याए विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसको तर्फका उम्मेदवार केशव केसीको भन्दा २८ मत बढी ल्याएर विजयी हुनुभएको हो ।

वडा नम्बर २ मा वडा सदस्यहरुमा माओवादी केन्द्रका उमादेवी सुनार, कमला कुमाल र रामकुमार गौतम विजयी हुनुभएको छ भने नेपाली काँग्रेसका भिमबहादुर राणा निर्वाचित हुनुभएको छ ।

३ नम्वरमा प्यानल नै विजयी

चौरजहारीको वडा नम्वर ३ मा पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्षका उम्मेदवार लालबहादुर बुढाको प्यानल विजयी भएको छ । बुढाले ६ सय ३३ मत ल्याएर विजय हुनु भयको हो । उहाँका निकटतम प्रतिद्वन्दी टिकाराम बस्नेतले ३५९ मत प्राप्त गर्नुभएको छ ।

वडा सदस्यहरुमा माओवादी केन्द्रबाट उम्मेदवार हुनुभएका मिन के सी, घरदी कामी, इन्द्रा बटाला र चन्द्रा बस्नेत विजयी हुनु भएको छ ।

चौरजहारीको १,२ र ३ वडाको मतगणना गर्दा नगर प्रमुख पदमा नेकपा माओवादी केन्द्रका पुष्प वादीले एक हजार पाँच सय ३१ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका प्रेमबहादुर ओलीले एक हजार चार सय ८३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका इश्वरी शर्मा बिएमले १ हजार पाँच सय ७९ ल्याउनुभएको छ भने नेकपा एमालेका टंकप्रसाद ओलीले १ हजार दुई सय ९८ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्