Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने ७ मा एमाले विजयी

२०७९ जेठ १
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ७ बाट एमालेले खाता खोलेको हो ।

यस वडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पछि पार्दै एमालेका शशिधर बुढा वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँले ३ सय १६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका खिमबहादुर पुनले २ सय ८३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर ओलीले ५१ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्