Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने ३ मा माओवादीका हेरामको प्यानल विजयी

२०७९ जेठ १
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्र भारी मतले विजयी भएको छ । माओवादीले यस वडामा नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेको थियो ।

माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएका हेराम खड्काले प्रतिस्पर्धी नेकपा एमाले, नेपाली कांग्रेस र माले गठवन्धनका उम्मेद्वारभन्दा दोब्बर बढी मत ल्याएर विजयी बन्नुभएको हो ।

उहाँले ६२३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी भावना खड्काले ३०५ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यहरुमा माओवादी र समाजवादी प्यानलबाट मिना केसी, प्रेरणा कुमारी कामी, लक्षिराम खड्का र लालजित बुढा विजयी हुनुभएको छ ।

यो वडामा २०७४ काे स्थानीय तह चुनावमा नेकपा एमालेले जितेको थियो ।

 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्