Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटको चार वडाको मतगणना सम्पन्न, ३ वडामा माओवादी र १ वडामा काँग्रेस विजयी

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसको अग्रता
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा चार वडाको मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय बाँफिकोटका अनुसार चार वटा वडा मध्य तीन वटामा नेकपा माओवादी केन्द्र र एक वडामा नेपाली काँग्रेसको टिमले विजय हाँसिल गरेको छ ।

वडा नम्बर १ मा माओवादी केन्द्रका धनबहादुर खड्काको टिम विजयी

बाँफिकोट गाउँपालिका वडा नम्बर १ नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका धनबहादुर खड्का विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँले ३१४ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खर्कु मल्लले २७६ मत प्राप्त गर्नुभएको छ ।

वडा नम्बर २ मा कांग्रेसका प्रकाश खत्रीको टिम विजयी
बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका प्रकाश खत्रीको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश खत्रीले ७२१ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका मन्जित नाथले ५४३ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यहरुमा कांग्रेसका हातिराम बस्नेत , एमालेका रत्न वीर पौडेल, देउमि पौडेल र सुन्पा दमाई विजयी हुनु भएको छ ।

वडा नम्बर ९ मा माओवादी केन्द्रका जोखबहादुर चन्दको टिम विजयी
बाँफिकोट गाउँपालिकामा वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका जोखबहादुर चन्दको प्यानल बिजयी भएको छ । वडा अध्यक्षमा चन्दले ३७९ मत प्राप्त गरि विजय हुनुभएको हो । चन्दका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार पुर्णबहादुर खत्रीले ३७४ मत प्राप्त गर्दै पराजित हुनुभएको छ ।

वडा नम्बर १० मा माओवादी केन्द्रका हरि चन्दको प्यानल नै विजयी
बाँफिकोट गाउँपालिका वडा नम्बर १० मा नेकपा माओबादी केन्द्रका हरि चन्दको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा चन्दले ४१७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका जनक जन्दले ३ सय ६५ मत प्राप्त गर्दै पराजित हुनुभएको हो ।

यस्तै ४ वटा वडाको मतपरिमाण आउँदा सम्म गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका जनक कुमार बाठाँमगरले एक हजार ३७८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका चन्द्र बहादुर केसी १ हजार २१८ मत ल्याउनु भएको छ ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसी नन्दा केसी नाथले १ हजार ३६३ प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रकी तारा बुढा केसीले १ हजार २३५ मत ल्याउनुभएको छ ।

अहिले गाउँपालिकाको वडा नम्बर ३ र ८ मा मतगणना चलिरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्