Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम मुसिकोटको १, २ र ३ वडामा काँग्रेस टिम विजयी

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसीकोटमा तीन ओटा वडाको मतगणना सम्पन्न गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकाको वडा नम्वर १, २ र ३ मा नेपाली काँग्रेसले विजय हाँसिल गरेको छ ।

जिल्ला सदरमुकाम समेत रहेका मुसिकोट नगरपालिका १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ज्ञानु चन्द ९०२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका डम्बर थापालाई २९ मत अन्तरले पराजित गर्नुभएको हो । यस्तै सदस्यहरुमा पनि काँग्रेस– एमाले गठबन्धनका अन्जना केसी डिसी, धनमाया नेपाली, चोपबहादुर खत्री र माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा गणेश हमाल निर्वाचित हुनुभएको छ ।

नगरपालिकाको वडा नम्बर २ मा पनि नेपाली कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । गठबन्धनबाट काँग्रेसका दिनेश खड्का विजयी हुनुभएको छ । उहाँ ६२८ मत सहित विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी माओवादी–नेकपा एस गठबन्धनका दलबहादुर खड्काले ४०७ मत ल्याउनुभएको छ । वडा सदस्यहरुमा नेपाली काँग्रेसका भवानी शर्मा, कमला ददेल, रेशम खड्का र गोपाल खड्का विजयी हुनुभएको छ ।

त्यसैगरी नगरपालिकाको वडा नम्वर ३ मा पनि नेपाली काँग्रेसको टिम विजयी भएको छ । वडा अध्यक्षमा नेपाली काँग्रेसका दशरथ केसीले ४०८ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लोकबहादुर कामीले २२४ मत प्राप्त गर्नुभएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्