Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथाको १० वडामा मतगणना सम्पन्न, आठ वडामा माओवादी र एक वडामा काँग्रेस र एक वडामा एमाले विजयी

२०७९ जेठ १
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका १० वडामा मतगणना सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ वडामा नेकपा माओवादी, एक वडामा नेपाली काँग्रेस र एक वडामा नेकपा एमालेले विजय हाँसिल गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका विरभान कामीको प्यानल नै विजयी भएको छ । विरभान कामीले ४०० सय मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३२६ मत प्राप्त गर्नुभएको छ।

गाउँपालिकाको वडा नम्बर २ मा पनि माओवादी केन्द्रका जस बहादुर श्रीपालीको प्यानल नै विजयी भएको छ । जस बहादुर श्रीपालीले २३४ मत प्राप्त गरि विजयी हुदाँ उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले १८९ मत प्राप्त गर्नुभएको छ ।

वडा नम्बर ३ मा माओवादी केन्द्रका बम बहादुर बुढाको प्यानल नै विजयी भएको छ । बम बहादुर बुढाले १६२ मत प्राप्त गरी बिजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले १३२ मत प्राप्त गरि पराजित हुनुभएको छ । त्यसैगरी वडा नम्बर ४ मा नेपाली काँग्रेसका सुर बहादुर बिकको प्यानल नै बिजयी भएको छ । उहाँले २०३ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्नुभएको हो ।

वडा नम्बर ५ मा माओवादी केन्द्रका टिकासाई घर्तिको प्यानल नै बिजयी भएको हो । उहाँले ४१७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अविनास बुढाले १४८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी वडा नम्बर ६ मा पनि माओवादी केन्द्रका सँखे सेनको प्यानल नै विजयी भएको छ । उहाँले १८५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले ९५मत प्राप्त गर्नुभएको छ ।

वडा नम्बर ७ मा माओवादी केन्द्रका चित्र बहादुर बुढाको प्यानल नै विजयी भएको छ । उहाँले २०० मत प्राप्त गरेर निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारलाई पछि पार्नुभएको हो । वडा नम्बर ८ मा नेपाली काँग्रेसका उम्मेदवारलाई १२ मतले पछि पार्दै माओवादी केन्द्रका पूर्ण शाहि मल्लको प्यानल नै विजयी भएको छ । उहाँले ३५४ मत प्राप्त गर्दै बिजयी हुदा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जयबहादुर बुढाले ३४२ मत प्राप्त गर्दै पराजित हुनुभएको छ ।

वडा नम्बर ९ मा माओवादी केन्द्रकै हर्क प्रसाद रोकाको प्यानल नै बिजयी भएको छ । उहाँले १९६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले १५१ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी वडा नम्वर १० मा नेकपा एमालेले विजय हाँसिल गरेको छ । एमालेका उम्मेदवार भरत बुढाले ले ३१६ मत प्राप्त गरेर विजय हुनुभएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्