Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीको ६ र ७ नम्बर वडामा माओवादीको प्यानल विजयी

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादीकै अग्रता
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको ६ र ७ नम्बर वडामा माओवादीको प्यानल नै विजयी भएको छ ।

६ नम्बर वडामा माओवादीका पहलसिं घर्तीमगरको प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घर्तीले २७५ मत प्राप्त गरि विजय हाँसिल गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्र बहादुर कुसारीले २६७ मत प्राप्त गर्नुभएको छ ।

वडा सदस्यहरुमा माओवादी केन्द्रकै सार पुन मगर, दुजि कामी, ओमबहादुर कुसारी र लंके खत्री विजयी हुनुभएको छ ।

यस्तै वडा नम्बर ७ मा पनि माओवादी केन्द्रका कुल बहादुर बुढाको प्यानल नै विजयी भएको छ । उहाँले ४९५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खडक रोकाले ३०८ मत प्राप्त गर्नुभएको छ ।

वडा सदस्यहरुमा माओवादी केन्द्रका देउमा भण्डारी, दुजी कामी, जिते बुढा र विष्णु प्रकाश ओली बिजयी हुनुभएको छ ।

७ वटा वडामा मत गणना सकिदासम्म गाउँपालिका अध्यक्षमा माओवादीका विर्ख बहादुर विष्ट ३ हजार ६४४ मत सहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरख प्रसाद चन्द २ हजार ६७० मत सहित दोस्रो स्थानमा हुनुहुन्छ ।

यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादीका कमला रोका पुन ३ हजार ६६२ मत सहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश खड्का १ हजार ८६२ मत सहित दोस्रो स्थानमा रहेका निर्वाचन अधिकृतको कार्यालय सानीभेरीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्