Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राेल्पाकाे थवाङमा माओवादीकाे जित

थवाङमा माओवादी एकातिर र नेपाली कांग्रेस, नेकपा एमाले तथा विप्लव नेतृत्वको नेकपाको तर्फबाट स्वतन्त्र रुपमा दलजित रोकाले उम्मेदवारी एकातिर
tribeni2

राेल्पा / रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर विजयी हुनुभएको छ । बुढामगरले दुई हजार १ सय २२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार दलजीत रोकाले एक हजार पाँच सय ६ मत ल्याउनुभयो ।

थवाङमा माओवादी एकातिर र नेपाली कांग्रेस, नेकपा एमाले तथा विप्लव नेतृत्वको नेकपाको तर्फबाट स्वतन्त्र रुपमा दलजित रोकाले उम्मेदवारी दिनुभएको थियो । यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सर्मीला बुढा विजयी हुनुभएको छ ।  २ हजार १ सय २२ मतका साथ विजयी हुनुभएको हाे । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार रायबहादुर पुनले १ हजार ४ सय ६८ मत पाउनु भएको छ ।

पाँच वटा वडा रहेको थबाङमा ४ नम्बर वडामा एमालेकाे जित भएकाे र अन्य सबै वडामा माओवादी केन्द्रले नै जितेको थबाङ गाउँपालिकाका निर्वाचन अधिकृत हेमराज तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्