Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबीसकोटका तीन वडामा माओवादी केन्द्रको प्यानल विजयी

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको तीन ओटा वडाको मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय आठबीसकोटका अनुसार वडा नम्बर १, २ र ३ नम्बर वडामा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

वडा नम्बर १ मा माओवादीका देवबहादुर घर्तीको प्यानल नै विजयी भएको हो । उहाँले ३३० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २५१ मत प्राप्त गर्नुभएको छ ।

वडा नम्बर २ मा पनि माओवादीका देववहादुर यरीको प्यानल नै विजयी भएको हो । उहाँले ४७० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले १२० मत प्राप्त गर्नुभएको छ ।

यस्तै वडा नम्बर ३ मा केशरमान विकको प्यानल विजयी भएको हो । उहाँले १२८३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले ६७९ मत प्राप्त गर्नुभएको छ ।

नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायम रहेको छ । यो समाचार तयार पार्दा सम्म माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार रवि केसीले १४७६ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका धिरेन्द्रकुमार बटालाले ८५६ मत ल्याउनु भएको छ ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार धनकुमारी शाहीले १४९४ मत प्राप्त गरेर अग्रता कायम गरेकी छिन भने उनका प्रतिद्वन्दी नेकपा एमालेका दिनेश चन्दले ८६४ मत प्राप्त गर्नुभएको छ । अहिले वडा नम्बर ४ को मतगणना जारि रहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्