Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणी गाउँपालिका दुई वडामा काँग्रेस, एक वडामा स्वतन्त्रको प्यानल विजयी

२०७९ जेठ १
tribeni2

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा तीन वडाको मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीका अनुसार तीन वटा वडा मध्य दुई वटामा नेपाली काँग्रेस र एक वडामा स्वतन्त्रको टिमले विजय हाँसिल गरेको छ ।

वडा नम्बर १ मा स्वतन्त्र सुन्दर ओलीको प्यानल नै विजयी भएको त । उहाँले ५ सय ७७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लक्ष्मण ओलीलाई ४१७ मत प्राप्त गर्नुभएको हो । वडा सदस्यमा स्वतन्त्र प्यानलबाटै कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन, पूर्णबहादुर बुढा विजयी भएका छन् ।

वडा नम्बर ३ मा नेपाली काँग्रेसका दिपेन्द्रकुमार ओलीको प्यानलले विजय हाँसिल गरेको छ । दिपेन्द्रकुमार ओलीले ६९२ मत प्राप्त गरी विजय हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विरभान ओलीले ५०९ मत प्राप्त गर्दै पराजित हुनुभएको छ । वडा सदस्यहरुमा काँग्रेसकै गंगा खड्का, रति दमाई, डम्बरबहादुर खड्का र लोकेन्द्र केसी विजय भएका छन् ।

यस्तै वडा नम्बर ४ मा नेपाली काँग्रेसका नन्नराम बाठाँको प्यानलनै विजयी भएको छ । उहाँले ५१६ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका घमण्डबहादुर खड्काले ३५२ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यहरुमा कांग्रेसका रेवता खड्का गिरी, निर्मला दमाई, ताराप्रकाश खड्का र दलबहादुर खड्का विजय हुनुभएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्