Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
खाना महोत्सव

काठमाडौंमा गरियो सातै प्रदेशका खानाको महोत्सव

काठमाडौ ११ चैत ।
tribeni2

काठमाडौंको कालीमाटीमा सातै प्रदेशका खानाको महोत्सव गरीएको छ । एक्सप्लोर स्कुल अफ होटल म्यानेजमेन्टले गरेको महोत्सवमा प्रदेश न १ बाट भक्का, प्रदेश २ बाट कडीपकौडी, प्रदेश ३ बाट चटामरी र मिस्टर चटामरी, प्रदेश ४ बाट पिडालु बल र तरुल साँधेको, प्रदेश ५ बाट फुल्की चुकौनी, प्रदेश ६ बाट हिमाली भेगको फापरको रोटी र फापरको पोरिज, प्रदेश ७ बाट बटुकका परिकार प्रदर्शनीमा राखीएको थियो ।

महोत्सवको अवलोकन गर्दै प्रमुख अतिथी नेपाल पर्यटन बोर्डका सदस्य दिपक महतले खाना र संस्कृति नेपालको पर्यटनको अभिन्न अंग भएको बताए ।

संघिय नेपालको ७ वटै प्रदेशलाई खाना संस्कृति र राजनीति एकैठाँउमा जोड्ने र संघिय नेपालको पर्यटनलाई एकै ठाँउमा जोड्ने गरी महोत्सव गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय पर्यटन पत्रकार संघ नाटोजका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ ले खाना नेपाली संस्कृतिको जिबन आधार भएको भन्दै पत्रकारिताबाट यसलाई अझै समुन्नत संस्कृतिको रुपमा बिकास गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  १०:०३
प्रतिक्रिया दिनुहोस्