Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथा उत्तरगंगाकाे अध्यक्षमा घर्ति र उपाध्यक्षमा बुढा निर्वाचित

१४ वडा मध्य ११ मा माओवादी, २ मा एमाले र १ मा काँग्रेस विजयी
२०७९ जेठ २
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले विजय प्राप्त गरेका छन् ।

अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बुढा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घर्तिले ३ हजार ९ सय १३ मत ल्याएर नेपाली कांग्रेसका तेजेन्द्र बुढालाई हराउँनुभएको हो । काँग्रेसका बुढाको पक्षमा २ हजार १ सय १३ मत आएको छ ।

उपाध्यक्षमा निर्वाचित भुपेन्द्रा बुढाले ४ हजार ५९ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कमला शाही मल्लले २ हजार १० मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार रहनुभएका बागलाल बुढा र उपाध्यक्ष पदका उम्मेदवार धर्म घर्ती बुढा तेस्रो स्थानमा हुनुभएको छ । पुथा उत्तरगंगा गाउँपालिकामा माओवादीले ११ वडा जितेको छ भने २ एमालेले र १ कांग्रेसले जितेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०६:०५
प्रतिक्रिया दिनुहोस्