Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेको अध्यक्षमा रेग्मी र उपाध्यक्षमा रेउले निर्वाचित

अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमालेको जित
२०७९ जेठ २
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्ण रेग्मी विजयी हुनुभएको छ ।

रेग्मीले ३ हजार ७७९ मत ल्याई ल्याएर जित हाँसिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दत्तबहादुर बस्नेतलाई ७९ मतान्तरले पछि पार्दै रेग्मी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । बस्नेतले ३ हजार ७०० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेका गोपाल रेउले विजयी हुनुभएको छ । रेउलेले ३ हजार ७६१ मत ल्याएर जित हाँसिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदार आस्था बि.क.ले ३ हजार ४७४ मत प्राप्त गर्नुभएको छ ।

सिस्नेमा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन रहेको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा सिस्नेमा अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले विजय हाँसिल गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्