Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानको कुमाखमा काँग्रेस - एमाले गठबन्धन विजयी

tribeni2

सल्यान / सल्यानकाे कुमाख गाउँपालिकामा कांग्रेस, एमाले गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका मानवहादुर वुढाथोकी विजयी हुनुभएकाे छ । उहाँले ४ हजार ५८ मत ल्याएर विजयी हुनुभएको हाे ।

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैसीले ४ हजार १२ मत प्राप्त गर्नुभएको छ । बुढाथोकीले जैसीलाई ४६ मतले पराजित  गर्नुभएको हो । 

यस्तै उपाध्यक्षमा गठबन्धनकै एमालेका लालबहादुर रावत विजयी हुनुभएको छ । उहाले ४ हजार १ सय४३ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रकी धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याउनु भएको हो । 

माओवादी भित्र अध्यक्षमा विवाद हुँदा माओवादीबाट लालचन्द रावतले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँले ४ सय ५२ मत प्राप्त गर्नुभएको छ । 

माओवादीको आधारकिल्लाको रुपमा रहेको कुमाख गाउँपालिका गठबन्धनले भत्काइदिएको छ । २०७२ को चुनावमा अध्यक्ष उपाध्यक्ष दुवै पदमा माओवादी निर्वाचित भएको थियो । सात वडा रहेको गाउँपालिकामा माओवादी केन्द्रले वडा न १, ५,६ र ७ नम्बर वडा जितेको छ भने गठबन्धन अन्तर्गत नेपाली कांग्रेसले वडा न २, ३ र ४ जितेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्