Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका रावत र खड्का विजय

tribeni2

सल्यान /  सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले जित हात पारेको छ । पालिकाको अध्यक्ष, उपाध्यक्षमा कांग्रेसका खिमबहादुर रावत र सीता खड्का विजय हुनुभएको हो । नेकपा एकिकृतसमाजवादीका प्रतिद्वन्द्वी उम्मेदवार डिल्ली केसीलाई १ हजार ३ सय ५२ र एमालेका उमेदवार लोकन्द्र सिं खड्कालाई १ हजार ५ सय ७३ मतले पछि पार्दै कांग्रेसका रावत निर्वाचित हुनुभएको हो ।

रावतले ३ हजार ३ सय ६९ मत ल्याएका थिए भने केसिले २ हजार १७ र खडकाले १ हजार ७ सय ९६ मत ल्याउनुभएको थियो । मतगनणाका क्रममा कांग्रेस, नेकपा समाजवादी र एमालेबीच प्रतिस्पर्धा भएको थियो ।

उपाध्यक्षमा विजय हुनुभएकी कांग्रेसकी उमेदवार सीता खड्काले ३ हजार १ सय ८६ मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजेन्द्रकुमार थापाले २ हजार ३५ र एमालेकी कलावती ओलीले १ हजार ८ सय १९ मत ल्याउनुभएको थियो ।

विजयी भएका अध्यक्ष तथा उपाध्यक्षलाई प्रमाणपत्र दिन तयारी भइरहेको त्रिवेणी गाउँपालिकाका निर्वाचन अधिकृत बाबुराम नेपालीले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्