Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा माओवादीका बिर्ख र कमला विजयी

११ वडा मध्य ९ वडामा माओवादी र २ वडामा काँग्रेस विजयी
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। सोमबार दिउँसो मतगणना सम्पन्न हुँदा अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन विजयी भएको निर्वाचन अधिकृतको कार्यालय सानीभेरीले जनाएको छ ।

अध्यक्षमा विष्टले ६ हजार १९ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दले ४ हजार ३२० मत प्राप्त गरेर पराजित हुनुभयो । विष्ट र चन्दको मतान्तर १ हजार ६९९ रहेको छ ।

उपाध्यक्षमा निर्वाचित कमला रोकाले ५ हजार ९५८ मत ल्याउदा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश खड्काले ३ हजार ४४२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा रोका र खड्का बिच २ हजार ५३८ मतको अन्तर रहेको छ ।

सानीभेरी गाउँपालिकाका ११ वटा वडामा दुई वटा वडा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन भने बाँकी ९ वडामा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्