Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा विजय उत्सव मनाउन हिडेका २ जनाको मृत्यु, १५ जना घाईते

tribeni2

सल्यान / विजय उत्सव मनाउन जाने क्रममा सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

सल्यानको कुमाख गाउँपालिका ४ कोर्ति गाउँका गोपाल बुढाथोकी र सोहि वडाको स्यानीपिप्लीका लोकेन्द्र रानाको मृत्यु भएको हो ।

सल्यानको कुमाख गाउँपालिका ३ रागेचौरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा वडा नम्वर ४ बस्नेतज्युलाबाट गाडि रिजर्व गरेर जाने क्रममा स्यानीपिप्लीमा करेन्ट लागेको बताईएको छ । जानकारी अनुसार, गाडिको छतमा बसेको बेला बिद्युतको तारको कारण करेन्ट लागेको हो ।

करेन्ट लागेर घाईते भएका १५ जनालाई उपचारको लागि रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ल्याईएको छ । अस्पतालका अनुसार घाईतेमध्य पाँच जनाको अवस्था गम्भिर रहेको छ । मृतक दुवै जनाको शव चौरजहारी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्