Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनार्दन शर्माको वडामा कांग्रेसको प्यानल विजय

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवारको प्यानल नै विजयी भएको छ । 

नेपाली कांग्रेसका उम्मेदवार समिरजङ मल्ल ५०८ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुसिकोटले जनाएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार शुसिल गौतम ४२४ मत प्राप्त गर्नुभएको छ । गौतम २०७४ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा सदस्यहरुमा नेपाली कांग्रेसका टिका देवकोटा, प्रतिभा नेपाली, मनकुमारी ओली केसि र कालीबहादुर खत्री विजयी हुनुभएको छ ।

यो वडा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माको वडा हो ।

यस्तै नगरपालिकाको वडा नम्बर ४ मा भने माओवादीका उम्मेदवार निर्मलकुमार पुन विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका ज्ञानेन्द्र रावललाई पराजित गर्दै विजयी हुनुभएको हो । पुनले ४६३ मत ल्याउदा रावलले ४०२ मत पाउनुभयो ।

वडा सदस्यहरुमा माओवादीका कमला सार्की, धनवहादुर चन्द र नेपाली कांग्रेसका लिला खड्का र टेकबहादुर पुन विजयी हुनुभएको हो।

वडा १, २ र ३ मा नेपाली काँग्रेसको प्यानलले विजय हाँसिल गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्