Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मतगणना भएका चौरजहारीका सातै वडामा माओवादीको ‘क्लिन स्विप’

गणना भएका आठ वडा मध्य एक वडामा अध्यक्ष र एक वडा सदस्यमा काँग्रेस सिमित
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ८ वटा वडामा मत गणना सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका अनुसार चौरजहारीको १, २, ३, ४, ५, ७ र ८ वडामा माओवादीले विजय हाँसिल गरेको छ भने वडा नम्बर ६ मा कांग्रेस - एमाले गठबन्धनले जित हात पारेको छ ।

चौरजहारीको १, २ र ३ वडामा माओवादी विजयी

वडा नम्बर ४ मा माओवादी केन्द्रका उम्मेदवार गोपाल भण्डारीले ५ सय ७८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार भद्रबहादुर भण्डारीले ३९९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सदस्यहरुमा माओवादीका मनसरा खड्का बुढा, लक्ष्मी सुनार, गणेश पुन, बलवीर सार्की विजय हुनु भएको छ ।

वडा नम्बर ५ मा माओवादीका उम्मेदवार खुमबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले ४ सय ३५ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार गणेश शर्माले ३७६ मत पाउनुभएको छ । वडा सदस्यहरुमा माओवादीकै मिमी सार्की, नर्पता बुढा, चन्द्रलाल जैसी, धन बहादुर घर्ति विजयी हुनुभएको छ ।

वडा नम्बर ६ मा भने नेपाली कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । नेकपा माओवादी केन्द्रका पूर्ण बहादुर रोकायालाई पराजित गर्दै कांग्रेसका जय प्रकाश बोहोरा विजयी हुनुभएको छ । अध्यक्षमा बोहोराले ३३५ मत प्राप्त गर्दा माओवादी केन्द्रका रोकायाले ३०७ मत पाउनुभयो । यस्तै सदस्यहरुमा भने माओवादी केन्द्रका कृतिबहादुर बिक, धनमाया गहतराज बिक, संरचना महतारा र बोहरा बिरेन्द्र बोहरा विजयी हुनुभएको छ ।

वडा नम्बर ७ मा माओवादीका उम्मेदवार भिमप्रसाद जैसी प्यानल सहित विजयी हुनुभएको छ । उहाँले ४१५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार खिमराज जैसीले १९० मत पाउनुभएको छ । वडा सदस्यहरुमा माओवादीका समीर केसी, जगत बहादुर खत्री, भिमा थापा र विर्मी सार्की विजय हुनुभएको छ ।

वडा नम्बर ८ मा पनि कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार शसिराम बि.क. को प्यानल नै विजयी भएको छ । उहाँले ३४० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले २१६ मत ल्याउनुभएको बताईएको छ ।

अहिले वडा नम्बर ९ को मत गणना चलिरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्