मिलन नेवार

शहिद परिवारका बिद्यार्थीलाई सहयोग जुटाउन बेलायतमा मिरा साँझ हुने

काठमाडौं १३ चैत ।

मिलन च्यारीटी फाउन्डेसनले यही चैत १६ गते मिरा साँझ आयोजना गर्ने भएको छ । सुनसरीको शहिद स्मृती आवासीय बिद्यालयको सहयोगको लागी गायीका मिलन नेवार र गायक राजन राज शिवाकोटीको संयुक्त साँझ बेलायतमा अयोजना गरीने भएको हो ।


बिद्यालयले गायीका नेवार र गायक शिवाकोटीलाई सद्भावना दुत तोकेको छ । गायीका मिलनले केही समयअगाडी आफ्नो एल्बम विमोचनका क्रममा सामाजीक सेवाको औपचारीक सुरुवात गर्दै मिलन च्यारीटी फाउन्डेसनको घोषणा गरेकी थिईन् । फाउन्डेसनको पहिलो कार्यक्रम अन्तर्गत आगामी २० मार्चमा युकेमा मिरा साँझ आयोजना गरीएको नेवारले जानकारी दिईन् ।


अग्रगामी समुह बेलायत, आदीबासी चलचीत्र महासंघ बेलायत र मिलन च्यारीटी फाउन्डेसनको संयुक्त आयोजनामा हुने साँझको संकलीत रकम बिद्यालयका बालबालीकाको अध्ययनका लागि खर्च हुने छ ।


शहिद तथा बेपत्ता परिवारका बिद्यार्थीहरु लक्षीत गरेर २०६६ सालमा स्थापना भएको बिद्यालयमा ४ सय असहाय बिद्यार्थीहरुले सहुलीयतमा अध्ययन गरीरहेका छन् ।


गायीका मिलन नेवारले ईटहरी उपमहानगरपालीका २५ भवानीपुरमा रहेको यो बिद्यालयमा नियमीत सहयोग गर्दै आएकी छन् ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०७५  ०९:०३
प्रतिक्रिया दिनुहोस्