Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा काँग्रेसका बाँठा विजयी

गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसी विजयी
tribeni2

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस उम्मेदवार जनककुमार बाँठा विजयी हुनुभएको छ । उहाँले ४ हजार ४५५ मत ल्याएर जित हाँसिल गर्नुभएको हो ।

बाँठाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ४ हजार ४२४ मत प्राप्त गर्नुभएको छ । बाँठाले केसीलाई ३१ मतान्तरले पराजित गर्नुभएको हो ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसी विजयी हुनुभएको छ । उहाँले ४ हजार ५६० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उम्मेदवार नन्दा कुमारी नाथले ४ हजार १६० मत ल्याउनुभएको छ । उपााध्यक्ष पदमा ४०० मतान्तर रहेको छ ।

बाँफिकोटका १० वडा मध्य ८ ओटामा माओवादी केन्द्र र २ वडामा नेपाली काँग्रेस - एमाले गठबन्धनले विजय भएको छ ।

प्रतिक्रिया दिनुहोस्