Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीको सिम्लीमा एक पुरूषको शव फेला

tribeni2
  • खिमबहादुर ओली

रुकुम पश्चिम / रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा एक पुरूषको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ९ सिम्ली बजार नजिककैको खोलामा शव फेला परेको हो ।

शव सानीभेरी गाउँपालिका वडा नम्बर ७ फुक्रुलिगा निवासी ६२ बर्षिय धर्मजित खत्रिको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) बिष्णु प्रसाद सोतीका अनुसार सोमबार साँझ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक श्रोतका अनुसार धर्मजित खत्री आइतबार बिहानदेखि बेपत्ता हुनुभएको थियो। खत्रीको मृत्यु किन र कसरी भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

डिएसपी सोतीले जिल्लाबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी घटनाीथल पठाइएको जानकारी दिनुभयो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याईने र थप विवरण पोष्टमार्टम पछि आउने उहाँले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्