Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यान कपुरकोट गाउँपालिका अध्यक्षमा समाजवादी र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

tribeni2

सल्यान /  सल्यानको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादी र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् ।
गठबन्धनबाट एकीकृत समाजवादीका दुर्गा बहादुर पुन ३१६० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ । माओवादी केन्द्रका प्रकाश भण्डारीले ३२४० मत ल्याएर उपाध्यक्ष निर्वाचित हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले २९३६ र उपाध्यक्ष पदमा एमालेकै भीमा बुढाथोकीले २७४५ मत प्राप्त गर्नुभएको कपुरकोट गाउँपालिका निर्वाचन सहायक अधिकृत भरत ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार काँग्रेसको तर्फबाट विष्णुप्रसाद शर्माले अध्यक्ष पदमा १५७२ र ओकी महताराले उपाध्यक्ष पदमा १५३९ मत प्राप्त गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका तुल्सीराम योगीले २७ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर ६ मा राप्रपाका श्यामकृष्ण बोहराले ५५० मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित हुनुएभको छ । एमालेसँग तालमेल गरेको राप्रपाले वडा नं ६ मा जित हात पारेको हो ।

कपुरकोट गाउँपालिकामा वडा नं १ र ५ को वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रले जित निकालेको छ भने वडा नं २ र ४ को वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । यस्तै वडा नं ३ मा नेपाली काँग्रेस र वडा नं ६ मा एमाले र राप्रपाको समीकरणबाट राप्रपाले जित हासिल गरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्