Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटका चार स्थानीय तहमा गठबन्धन विजयी

tribeni2

जाजरकोट / जाजरकोटमा रहेका सात वटा स्थानीय तहमध्ये चार स्थानीय तहको मतगणना सम्पन्न भएको छ।
जिल्लाको नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित हुनुभएको छ । रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई एक हजार ९७३ मतले पराजीत गर्दै निर्वाचित हुनुभएको हो ।

रावतले पाँच हजार ५९९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले तीन हजार ६२६ मत प्राप्त गर्नुभयो ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी सुरिता सिंहले पाँच हजार ४०६ मत प्राप्त गरी विजयी भएकी हुनुभएको छ भने प्रतिस्पर्धी एमालेकी सुनिता बोहराले तीन हजार ३९३ मत प्राप्त गर्नुभएको छ । नलगाड नगरपालिकामा माओवादी र कांग्रेसले चुनावी तालमेल गरेका थिए ।

शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट कांग्रेसका अध्यक्षका उम्मेदवार शेरबहादुर शाही र उपाध्यक्षमा माओवादीका गीताकुमारी शाही निर्वाचित हुनुभएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार कांग्रेसका शाहीले तीन हजार ३०३ मत ल्याई विजयी हुन भएको छ भने प्रतिस्पर्धी एमालेका रंगनाथ योगीले दुई हजार ७१८ मत ल्याउनुभएको छ ।

यसैगरी, उपप्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रका गीता शाहीले दुई हजार ६५९ मत ल्याएर विजयी हुनुभएको छ उहाँकी प्रतिस्पर्धी एमालेकी नैनसरा शाहीले दुई हजार ४२९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, कुशे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार हरिचन्द्र बस्नेत निर्वाचित हुनुभएको छ । एकीकृत समाजवादीका तप्तबहादुर हमाललाई पराजीत गर्दै बस्नेत दोश्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । बस्नेतले तीन हजार ४२३ मत प्राप्त गर्दा हमाललाई तीन हजार १८२ मत प्राप्त भएको छ ।

यस्तै, उपाध्यक्षमा कांग्रेसकै देविका सिंह विजयी हुनुभएको छ । सिंहले तीन हजार ५८७ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका विकास रोकाय दुई हजार ९१८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष सिंहले यसअघि वडा अध्यक्षको अनुभव गरिसक्नु भएको छ ।

जुनिचाँदे गाउँपालिकामा एमालेका बेदबहादुर शाही अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा गठबन्धनको तर्फवाट कांग्रेसका विरेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्