Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी

१० वडा मध्य ५ वडामा माओवादी, ४ वडामा काँग्रेस र १ वडामा स्वतन्त्र विजयी
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ । मंगलबार दिउँसो मतगणना सम्पन्न हुँदा अध्यक्षमा माओवादी केन्द्रका गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले विजयी भएको निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीले जनाएको छ ।

अध्यक्षमा केसीले ५ हजार १२९ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अमरसिं खड्काले ४ हजार २९३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै एमालेका चोपलाल खडकाले १५८ नेकपा एकीकृत समाजवादीका धनराज खड्काले ५५ र राप्रपाका डिल्ली बहादुर खड्काले ५ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा निर्वाचित रेउलेले ५ हजार १४३ मत ल्याउदा उहाँका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सृष्टि बाँठा मगरले ४ हजार ३१३ मत प्राप्त गर्नुभएको छ भने एमालेकी धनकला बिष्टले १५६ मत प्राप्त गर्नुभएको छ ।

त्रिवेणी गाउँपालिकामा ५ वडामा माओवादी, ४ मा कांग्रेस र १ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्